दिपक बोहरा/तुलसीपुर १० कात्तिक । तुलसीपुर नगरपालिकाले एक दृष्टिबिहिन परिवारलाई आर्थिक सहयोग गरेको छ । तुलसीपुर नगरपालिका १ खमारी निबासी ८० बर्षीय चन्द्रबिर ओलीको परिवारलाई नगरपालिकाले पाँच हजार रुपैयाँ सहयोग गरेको छ ।
आर्थिक अबस्था निकै कम्जोर रहेका ओलीको परिवारलाई तिहारको समयमा खर्च धान्न सहयोग होस भनि सहयोग रकम बितरण गरिएको तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताउनुभयो । केसीका अनुसार ओलीकी श्रीमति र छोरा छोरी दृष्टिबिहिन छन् ।
घरमा पैसा कमाउने मान्छे कोही नभएको र चन्द्रबिर मात्रै कमाएको पैसाले घर खर्च चलाउन समस्या हुने गरेकाले सोही परिवारर्ला आर्थिक सहयोग गरिएको हो ।
तुलसीपुर नगरपालिकाका कर्मचारी तथा पत्रकारहरुको एक टोली ओली परिवारको घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेको हो । ओली एक्लैले तुलसीपुर नगरपालिका १ साततले देखी आफ्नो घर सम्मको दुई किलोमिटर बाटो निर्माण प्रति अधिकृत केसीले खुसि ब्यक्त गर्नुभएको थियो ।
ओलीको उक्त कार्य उदाहरणीय भएकाले त्यस बाट सबैले पाठ सिक्ने हो भने समाज परिवर्तन सम्भब हुने उहाँले बताउनुभयो । उहाँका अनुसार ओलीको कामको अनुशरण गर्दै अगाडि बढ्ने हो भने बिकास गर्नलाई सरकारकै मुख ताक्नु पर्दैन् ।
ओलीले आफ्नो घरमा सबै दृष्टि बिहिन भएको र आवत जावत गर्दा सहज होस भनी एक्लैले बाटो निर्माण गरेको उहाँले बताउनुभयो । तुलसीपुर– १ को खमारीमा ओलीको एक मात्र घर छ । वरपर कुनै घर तथा छरछिमेकहरु नभएको र आफुहरु एकलै बसोवास गदै आएका वलीलाई परिवार पाल्न नकै समस्या भएको रकम हस्तान्तरण कार्यक्रममा बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले गर्नुभएको थियो ।
