सिन्धुपाल्चोकं, १० कार्तिक । हाँस्य कलाकार धुर्मुस र सुन्तलीले एकीकृत वस्ती विकासअन्तर्गत सिन्दुपाल्चोकको तामाङहरुको वाहुलेता रहेको गिरानचौरमा ६५ घर बनाएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा निर्माण ६८ घरका साथै ८ वटा पार्क समेत निर्माण गरिएका छन् ।

2b5c15c20c305c9cb464b2e9d3ffbba6६ महिनाअघि शिलान्यास गरी निर्माण सुरु गरिएको गिरानचौर एकीकृत बस्तीमा घर तथा पार्क निर्माणको काम सम्पन्न भएसकिएको र आउदो शुक्रबार काग तिहारका दिन भूकम्प प्रभावितलाई हस्तान्तरण गरिने फाउन्डेशनले जनाएको छ ।
वस्ती विकासअन्तर्गत यहाँ ५ वटा पार्क, ३ वटा चिल्ड्रेन पार्क, घण्टाघर अनि भ्यू टावर, १ खेलमैदान बनाइएकाले बस्ती सुन्दर बनेको स्थानीय बताउँछन् ।

एउटा सामुदायिक हल छ । हरेक घरको अघिल्तिर पर्याप्त आँगन भएकाले पनि शोभनीय देखिन्छ । घर पछाडि कम्तीमा दुई वटा फल दिने बिरुवा लगाइन्छ । करेसाबारी घरको पडाडि भएकाले तरकारीको जोहो गर्नसमेत सकिन्छ ।

‘ग्रिन सिटी, क्लिन सिटी’को धारणाअनुरुप भोलिको दिनमा यसलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने लक्ष्य छ, धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुुस’ले बनताए । बस्ती निर्माणका लागि ५ करोड बढी खर्च गरिएको उनले जानकारी दिए ।