गोविन्द खड्का
घोराही, १० कार्तिक । कुलामा खुला छोडिएका शौचालयका पाईप नथुने प्रहरी गुहार्ने चेतावनी दिएको छ । वडा नागरीक मञ्च घोराही दशले सरस्वती टोल क्षेत्रका बाटो र कुलामा खुला खुला छोडिएका पाईप बन्द गर्न भनेको हो ।
ति स्थानहरुको शनिवार अनुगमन गरेर घोराही १० वडा नागरीक मञ्चको बैठक सम्पन्न भएको थियो । समस्याहरु बुझ्न र समाधानको उपाए पत्ता लगाउन वडानागीक मञ्चले घुम्ति बैठक चलाउदै आएको छ । त्यस क्रममा शौचालयको फोहर बाटो र कुलामा बगाएको समस्या आएपछि सरस्वती, स्वर्गद्धारी र लालि गुरा“स टोलको संयुक्त बैठक बसेको घोराही १० का सामाजिक परिचालक एसोदा केसिले जानकारी दिनुभयो । उहाका अनुसार सर्बाजनिक क्षेत्र फोहर गर्नेलाई पहिलो चरणको समाधान टोल बाटैनिकाल्न सुझाव दिएको छ । अटेरी गरे फोहर मैला व्यवस्था ऐन अनुसार कार्वाहि गर्न वडानागरीक मञ्चले घोराही नगरपालिकामा अनुरोध गर्ने छ ।
अझै सम्म बाटो कालोपत्रे नभएको, फोहर बाटोमा बगाउने, राति लुकालो कुलामा पाईप खोल्दीनाले रातभरी गन्धमा बस्नुपरेको लगाएतका समस्या रहेको सरस्वती टोलका अध्यक्ष खडक बहादुर बुढा मगरले जानकारी गराउनुभयो । टोलविकास संस्थाका पदाधिकारी सहीत उपस्थित बुढामगरले बिशेष जोड दिन आग्रह गर्नुभयो । उहाका अनुसार सार्वजनिक स्थलमा घरको फोहर लगेर फाल्नेलाई पनि कार्वाहि गर्न सकिएको छैन । यसैगरी लालि गुरास टोलले नाला नहुदा घरहरुमा पानी छचल्कीने समस्या रहेको बताएको छ । टोलका अध्यक्ष धनि प्रसाद वलीलले दुई तिर अग्ला विचमा होचा नाली बनाएर पोखरी निर्माण गरेको गुणासो गर्नुभयो । फरुवा बोकेर घर घर बाट सफा गर्न निश्के पनि सजिलो छैन । नेपाली सेना व्यारेक क्षेत्र बाट आएको बाढि पार्क वरपर फोहर थुपार्ने गरी छचल्कीन्छ । त्यसको निकासको लागि पहल गर्न आग्रह गर्नुभयो ।
यसैगरी स्वर्गद्धारी टोलका अध्यक्ष भिम बहादुर बुढामगरले आफ्नो क्षेत्रको सबै भन्दा धेरै बदनाम भएको बताउनुभयो । ‘मेरो पहुच भैन कि, पावर पुगिन कि, सुनुवाई भएन कि गर्न सकिन ?’ भनेर बैठकमा जिज्ञासा राख्नुभएको थियो । बुढाले थप स्पष्ट पार्दै भन्नुभयो ‘चार बर्ष देखि काम गर्न लागेको, एक बर्ष देखि नियमित धाएको छु तर सडक कालोपत्रे गर्ने उपाए न निष्किएको छैन ।’ त्यसको जवाफ कसैले पनि दिन सकेनन् । उनि बोली रहदा उपस्थित सबै शान्त थिए । ‘कहिल्यै यता कहिल्यै उता सिकाएर अलमल मात्रै पारिन्छ’ बुढाले सोध्नुभयो ? ‘घोराही सबै ठाउ पक्कि हुदा हाम्रो बाटोमा विवाद मात्रै किन हुन्छ ?’ पशु सेवा कार्यालय हुदै सहिद मार्ग जोड्ने बाटो ट्रयाक खुल्न सकेको छैन । विभिन्न चरणका बैठक, प्राविधिकले नापजाच गर्दा पनि निकास निश्केको छैन । जग्गा वालाले दावि र खिचलो गरीरहन्छन् । यसरी आउने समस्यको टिपोट वडा नागरीक मञ्चका सदस्य शेरसिं विकले गर्नुभएको थियो ।
समन्वय कारी भुमिका खेल्ने वडानागरीक मञ्चले समस्याहरु सम्वन्धित ठाउ सम्म लैजाने संयोजक शक्तिराम डागिले जानकारी गराउनुभयो । निर्वाचिन एवं निर्णाएक निकाए नभएकाले आश्वासन का भाषण नगर्ने डागिको भनाई थियो । केहि दिन भित्रै शुरु हुने वडा भेला बाट आवश्यक योजना छनौट गर्ने वचन दिनुभएको छ । त्यसका लागि सबै एक मुख हुनुपर्ने बताउनुभयो । दशैतिहार र छठको अबसरमा टाफिक तथा सरसफाइ सचेतना अभियान चलाउने निर्णय गरेको छ । घोराही दश लाई पुर्ण सफा र व्यवस्थित बनाउन सामुहिक प्रतिबद्धता जनाएको छ । बैठकमा सहभागिले गुणासाहरु राख्नुका साथै विभिन्न क्षेत्रको अनुगमन गरेका थिए ।