घोराहीमा निर्माण सुरु गरेको विपी कोईरालाको शालिक निर्माणकालागी कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले समन्वयकारी भूमीका निर्वाह गर्ने भएको छ । क्षेत्रको आज बसेको नियमीत वैठकले घोराहीमा निर्माण गर्न लागीएको विपी शालिक निर्माणकालागी नगरपालिका तथा गाविस समितिहरुसँग सहकार्य गरेर समन्वयकारी भुमीका निर्वाह गर्ने निर्णय गरेको हो ।

bp-koiralaक्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षता एवं जिल्ला सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यमा बसेको बैठकले कांग्रेस दाङको निर्णय अनुसार क्षेत्रमा पनि मंसीरको पहिलो साता नगरपालिका, गाँउ तथा वडामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

यस्तै आजको वैठकले क्षेत्रीय कोषाध्यक्ष आर.के.शीतल श्रीगाँउ ९ श्रीगाँउ निवासी नीमा बुढाथोकीसँग वैवाहित यात्रा सुरु गरेकोमा बधाई दिदै सफल दाम्पत्य जीवनको शुभकामना दिएको छ ।

साथै आजको बैठकले क्षेत्रीय प्रतिनीधी त्रिपुर ४ बुधौरा निवासी सुष्मा सिजवालको असोज २० गते र घोराही ४ डबरी निवासी क्रियाशील सदस्य एवं सुवेच्छुक पुष्पराज आचार्य र शेषकान्त आचार्यका पिता ९४ वर्षका तिलकराम आचार्यको कार्तिक २ गते भएको असामयीक निधनप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको सचिव बद्रि खड्काले जानकारी दिनुभएको छ ।