Juwade-300x210

तुलसीपुर ९ कात्तिक ।  ईलाका प्रहरी कार्यालय तुलसीपुरले जुवा खेलिरहेका तीन जनालाई नगद २६ हजार दुई सय ४३ सहित पक्राउ गरेको छ । मंगलबार अपरान्ह तुलसीपुर ६ बरुवागाउ बस्ने धुब्र बहादुर कोईरालाको घरमा जुवा खेलीरहेको गोप्य सुचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरुलाई जुवा खेलिरहेको अबस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका ६ निबासी ध्रुब कोईराला , सोही ठाउ निबासी हेमराज अधिकारी र डुरुवा ३ निबासी भागवत डाँगीलाई नगत सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिमिलसिनाले बताए । उनीहरुको साथबाट तीन गड्डी तास पनि बरामद गरिएको छ ।