चितवन, ८ कार्तिक – भरतपुर उपमहानगरपालिका–१ पोखरा बसपार्कमा कन्टेनरको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।

अन्दाजी ६५ वर्षीय मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी आज बिहान कट्टु र सट लगाएका बृद्धलाई ठक्कर दिएको जनाएको छ । मृतक मागेर सडकमा जीवनयापन गर्दै आएका हुनसक्ने प्रहरीको अनुमान छ ।