काठमाडौं, ८ कार्तिक । मेलम्ची खोलाबाट ल्याइने पानी प्रशोधन गर्नका लागि निर्माण भइरहेको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको काम लगभग अन्तिम चरणमा पुगेको छ ।

875de7a8688046884204c51269455eb7हालसम्म पानी प्रशोधन केन्द्रको मुख्य संरचना निर्माण फिल्टर, पानी ट्याङकी, थिग्राउनेलगायतका विभिन्न इकाइको ९० प्रतिशतभन्दा धेरै काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए । उनका अनुसार पहिलो चरणअन्तर्गतको सम्पूर्ण काम पूरा हुने अवस्थामा छ ।

पहिलो चरणको साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको निर्माणपछि बाँकी साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको क्षमता विस्तारका लागि ठेकेदार छनोटको काम भइरहेको आयोजनाले जनाएको छ । “अबको केही सातामा नै बाँकी साढे ८ करोड लिटर पानी प्रशोधनको क्षमता विस्तारको काम सुरु हुनेछ,” उनले भने ।