काठमाडौ, ८ कार्तिक । नेपाल राष्ट्र बैंकले पूराना काम नलाग्ने करीव ३ खर्र्ब ३७ अर्ब बराबरको नोट जलाएको छ । गएको शुक्रबारसम्म विभिन्न चलनचल्तीका ३ खर्ब ३६ अर्ब ९३ करोड नोट जलाएको हो ।
बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकका उपत्यका बाहिरका कार्यालयबाट विभिन्न समयमा संकलन गरिएका पुराना तथा काम नलाग्ने अवस्थाका नोट जलाइएको बैंकले जनाएको छ ।
बैंकले २०७१ चैतदेखि २०७२ फागुनसम्मको अवधिमा ४० अर्ब ३५ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोट जलाएको थियो । त्यसको अघिल्लो वर्ष २९ अर्ब चार करोड बराबरका नोट जलाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
विभिन्न समयमा गरी ३ खर्ब ३७ अर्बका नोट जलाइएको गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । नेपालमा वि सं २००२ बाट कागजी मुद्राको प्रचलन सुरु भएको थियो ।
