रुकुम, ८ कार्तिक । रुकुमको मुसीकोट नगरपालिका क्षेत्रभित्रका सडक कालोपत्र गरिने भएको छ ।

pich-road-ghorahiआर्थिक वर्ष २०७३र७४ भित्रै मुसीकोट बजार क्षेत्रका भित्री सडकहरू कालोपत्र गर्ने तयारी भएको हो । मुसीकोट नगरपालिको खलङ्गा बजार क्षेत्रका भित्री सडक पुष्पलाल चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्म, बालमन्दिरदेखि जिल्ला प्रशासन कार्यालय र कालिका स्थानदेखि जिल्ला विकास समितिको कार्यालयसम्मको सडक कालोपत्र गर्ने तयारी गरिएको मुसीकोट नगपालिकाका कार्यकारी अधिकृत चन्दकान्त पौडेलले जानकारी दिए ।

सडक कालोपत्र गर्न बजार क्षेत्रका स्थानीयले रकम सङ्कलन गरिरहेको स्थानीयवासी महेन्द्र केसीले बताए । बजार क्षेत्रको सडकलाई गत आर्थिक वर्षमै कालोपत्र बनाउने योजना भए पनि विभिन्न करणले गर्न नसकिएको बताइएको छ । बजार क्षेत्रको सडक कालोपत्र नभएकै कारण प्रत्येक वर्षको हिँउदमा धूलो र वर्षात्को समयमा सडक हिलाम्मे हुने गरेको थियो ।