कुसुम बि क
बर्दिया,८ कार्तिक । बर्दियाको कालिका रहेको सिवास पोख्रेलको कटेजमा हिजो दिउसो ३ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा जुवाको खाल बाट १ लाख ३२ हजार नगद रकम सहित १५ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक नेत्रमणि गिरीले बताउनु भएको छ । उहाका अनुसार उक्त कटेजमा हारजित हुनेगरी जुवा खेलिरहेको सुचना पाउन साथ जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी कार्यालय कालिका को सयुक्त टोलीले नगद सहित उनीहरुलाई पक्राउ गरेको बताइउको छ ।
पक्राउ पर्नेहरुमा कालिका गाविस ८ का ४६ वर्षिय टेक बहादुर राना,७ का ३१ बर्षिय कृष्ण ऐरि भण्डारी,८ का २१ बषिय प्रदिपराज थपलिया,सोहि ठाउका २५ बषका सजय घिमिरे ,८ कै ३० वर्षका गोपाल बि क, २ का मनोज जैसवाल ,५का २६ वर्षिय रुकेश सुनार ,९ का ३२ बर्षिय लेखराज भराइ,६ का ३३ बर्षका मडीराज पौडेल ,३ का ४४ बर्षका गम्भीर रानाभाट,८ का ४० बर्षका खडानन्द ढकाल,८ का ३६ बर्षका गोपाल परियार,८ का ३५ बर्षका जिवन रानाभाट,३ का ३२ बर्षिय लौटन थारु र कालिका ५ का ३६ बर्षिय महादेव श्रेष्ठ पक्राउ परेका हुन् ।
दशै सकिएर तिहार आउदा बर्दियामा जुवा खेल्ने र खेलाउने संख्या बढिरहेको बताइएको छ ।बर्दियाको सानोश्री ताराताल,बबइ नगरपालिकाको भुरिगाउ,शिवपुर,ठाकुरद्धारा,बासगढी नगरपालिका लगाएतका ठाउमा पनि जुवातास खेल्ने गरेको स्थानिय बासीले बताएका छन् । प्रहरीले यसको नियन्त्रण गर्न आफूहरु लागि परिरहेको बताएको छ ।
