anfa

काठमडौ ८ कात्तिक ।  अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्व चयनमा लागि आज विशेष साधारणसभा हुँदैछ । लामो समयपछि नेतृत्व परिवर्तन गर्न साधारणा सभा हुन लागेको हो ।

काठमाडौंको एउटा पार्टी प्यालेसमा अहिले बिहान ९ बजेदेखि डाकिएको साधारणसभाले आगामी एक वर्षका लागि अध्यक्ष र एक जना उपाध्यक्ष चयन गर्नेछ । अध्यक्षका लागि हालका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा्छिरिङ शेर्पा चुनावी मैदानमा हुनुहुन्छ । श्रेष्ठले अघोषित रुपमा पूर्व अध्यक्ष गणेश थापा समुहको प्रतिनिधित्व गर्नु भएको छ भने शेर्पाले थापा विरोधी समुह बनाएर चुनावी अभियान अघि बढाउनु भएको छ ।

एक उपाध्यक्षका लागि मणि कुँवर, दीपक खाती र उपेन्द्रमान सिंह मैदानमा छन् । एन्फाको यो १५ औं साधारणसभामा ६७ प्रतिनिधिले मतदान गर्नेछन् ।