काठमाडौं ६ कार्तिक । प्रा. डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमान कार्कीलाई महाअभियोगलाई लिएर नेपाली कांग्रेस र छिमेकी मुलुक भारतमाथि निशाना साँधेका छन् ।

dr-kcअख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न दबाव दिने उद्देश्यले सोलिडारिटी फर डा. केसी एलाइन्सले सडक प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै डा. केसीले ढिलै भएपनि एमाले र माओवादीले लोकमानतन्त्रको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै स्वगत गरे ।

अख्तियार प्रमुख लोकमानले संविधानभन्दा माथि बसेर काम गरेको र लोकमान नत्र चलाएको भन्दै उनले पुष्पकमल दाहाल प्रचण्ड त देखावटी प्रधानमन्त्री मात्र भएको बताए ।

महाअभियोगको पक्षमा दह्रोसँग उभिन प्रधानमन्त्रीलाई आग्रह गर्दै उनले अघि भने, प्रचण्डजी खुट्टा नकमाउनुस् । प्रधानमन्त्रीको पद भन्दा जनताको प्रिय प्रतिनिधि हुनु ठूलो कुरा हो ।’
अनलाइन खबरबाट