दाङ, ३१ बैशाख ।
दाङको सौडियार गाविसलाई बालमैत्री घोषणा गर्नका लागी बालमैत्री लगानी योजना अध्यावधिक गरिएको छ । सौडियार गाविसको आयोजना तथा जिल्ला बिकास समितिको सहयोगमा विहिवार आयोजित बालमैत्री लगानी योजना निर्माण सम्वन्धि कार्याशाला गोष्ठीबाट योजना अध्यावधिक गरिएको हो ।Child

बालमैत्री स्थानिय साशन समितिका अध्यक्ष तथा गाविससचिव टेकबहादुर खड्काको अध्यक्षतामा भएको गोष्ठीबाट बालमैत्रीका लागी आवश्यक पर्ने बाल बचाउ,बाल बिकास,बाल संरक्षण र बालसहभागिता सम्वन्धि बिषयमा लगानी योजना अध्यावधिक गरिएको बालमैत्री फोकलपर्सन बिमल योगीले जानकारी दिनुभयो ।

लगानी योजनामा यही २०७३ सालभित्र गाविसलाई बालमैत्री बनाउने एक सय भन्दा बढि कार्ययोजना समेटिएको छ । बिद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गर्ने,बिद्यालयका डेक्स बेन्च तथा अन्य भौतिक पूर्वाधार बालमैत्री बनाउने,बाल बिकास केन्द्रको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन श्रव्यदृश्यको व्यवस्थापन गर्ने लगाएतका रहेका छन ।

यस्तै बढ्दो बालबिवाह तथा लैंगिक हिँसा न्यूनीकरणका लागी राजनितिक दल,वडा नागरिक मञ्च,बाल सञ्जाल,महिला सञ्जाल तथा गा.वि.स.प्रतिनिधि सहित संयुक्त घरदैलो गर्ने योजना समेटिएको छ । पाँच बर्षका लागी तयार गरिएको लागनी योजनामा सवै बालबालिको ३५ दिनभित्रै जन्म दर्ता गराउनका लागी समुदाय सचेतना फैलाउने पनि योजना बनाईएको छ ।।