काठमाण्डौ, ३१ बैशाख
गत वर्षको भूकम्पमा परी ज्यान गुमाउनेहरुका आफन्तहरुले आज वार्षिकी गर्दैछन् । तिथि अनुसार गएको वर्षको वैशाख १२ गते बैशाख शुक्ल सप्तमी तिथि थियो । त्यसैअनुसार केही दिन ढिला गरी आज तिथिअनुसार विशेष गरी हिन्दू धर्मावलम्बीहरुले आज वार्षिकी गर्दैछन् ।vukampa

अन्य धर्म मान्नेले भने गते वा तारिखअनुसार फरक समयमा पनि वार्षिकी गरेको तर हिन्दूहरुको आज परेको नेपाल पंचाग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।दिवंगत तिथिमा वार्षिकी अथवा श्राद्ध गर्ने परम्परा छ ।

गत वर्षको भूकम्पले अतिप्रभावित १४ जिल्लामा ८ हजार ६ सय २३, प्रभावित १७ जिल्लामा ४४ र बाँकी जिल्लामा ३३ गरी ८ हजार ७ सय २ जनाको मृत्यु भएको तथ्यांक छ ।