दाङ, ३१ बैशाख
मादक पदार्थ सेवन गरी पुर्ण लापर्बाही तरीकाले सवारी चलाउने एकजना चालक कारागार चलान भएका छन् । दाङ देउखुरी जिल्ला अदालतले मापसे गरी लापरवाहीसवारी चलाउँदा २ जनाको मृत्यु भएको निष्कर्ष सहित रोल्पा कोटगाँउ १ वस्ने २१ वर्षका रामचन्द्र घर्तीलाइ थुनामा राख्न आदेश दिएको हो ।karagar

घर्तीले मादक पदार्थ सेवन गरी चलाएको लु २ त २५५८ नम्बरको ट्रेक्टर गत वैशाख १ गते तुलसीपुर १ राम्रीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

सल्यान देखि दाङ आउँदै गरेको उक्त ट्रेक्टर दुर्घटना हुँदा ट्रेक्टरका सहचालक सुनिल पुन र ट्रेक्टरमा सवार दाङ डूरुवा १ का २० वर्षीय जागेश्वर खत्रीको मृत्युभएको थियो ।

उक्त दुर्घटनामा मृत्यु भएका भनिएका चालक घर्ति भने दुई दिन पछि मात्रै सम्पर्कमा आएका थिए । तर प्रहरीको अनुसन्धानवाट अध्यधिक मदिरा सेवन गरी सवारी दुर्घटना गराएको खुल्न आएको जाहेरी सहित सिफारिस गरेपछी अदालते दोषी ठहरगर्दै कारागार चलान गरेको इप्रका तुलसीपुरका प्रमुख कृष्ण प्रसाँँईले जानकारी दिनुभयो ।।