काठमाडौँ, ६ कार्तिक । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहन गर्ने विश्वको पहिलो महिला जुन्को तावेईको निधन भएको छ ।
७७ बर्षीया तावेईको जापानमा गएको विहिबार निधन भएको टोकियोस्थित नेपाली दूतावासका कार्यवाहक नेपाली राजदूत कृष्णचन्द्र अर्यालले बताए ।
जापानी नागरिक तावेईले ३५ बर्षकै उमेरमा सन् १९७५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी थिइन् । उनले नेपाली गाइड आङ् छिरिङ् शेर्पाका साथमा सगरमाथा आरोहण गरेकी थिइन् । हिमाल आरोहणलाई तावेईले आफ्नो ‘प्यास’ का रुपमा लिने गरेकी थिइन् ।
उनको साईतामा राज्यको क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । मृत्यु पश्चात बिहीवार दाहसस्कार गरिएको छ । उनले तत्कालिन नेपाली राजा विरेन्द्रबाट गोर्खा दक्षिण वाहु पदक समेत प्राप्त गरेकी थिईन ।