khulla-disha

तुलसीपुर ६ कात्तिक ।  खुल्ला दिशामुक्त जिल्ला घोषणा भईसकेको दाङका बिभिन्न ठाउमा अझै शौचालय प्रयोगमा आउन सकेका छन् । तुलसीपुर नगरपालिका ७ र १ को पैयाँर्खोरेमा निर्माण भएका शौचालय प्रयोगमा आउन सकेका छैनन् । चेतनाको अभाबले त्यहाँका बासिन्दाहरु खुल्ला ठाउमा दिशापिसाब गर्ने गरेको स्थानियहरुले बताएका छन् ।

घरघरमा शौचालय भएपनि उनीहरुले वाटोको छेउ तथा बारीको ढिक कान्लामा शौच गर्दा आवात जावतमा पनि समस्या हुने गरेको एक स्थानियले बताए । जिल्लामा पुर्ण सरसफाइ अभियान सञ्चालन भैरहेको छ , तर नगरपालिका भित्रैका वडाहरुमा यसरी सौचालय प्रयोगमा आउन नसक्नु बिडम्बना भएको रोकारवालाहरुले बताएका छन् ।

अर्कोतर्फ खुल्ला दिशामुक्त क्षेत्र घोषणामा मध्यपश्चिममै प्रथम बनेको तुलसीपुर नगरपालिकालाई त्यहाँका बासिन्दाको उक्त क्रियाकलापले गिज्याईरहेको छ । नगरपालिकाले शौचालय प्रयोगका बारेमा नियमित अनुगमण तथा सचेतना फैलाउने कार्यक्रम संचालन नगर्दा खुल्ला रुपमा शौच गर्नेहरुले प्रसय पाईरहेको सरोकारवालाले बताएका छन् । तुलसीपुर ७ का बासिन्दाहरुले पानी अभाबको नाममा शौचालय प्रयोगमा आउन नसकेको बताउछदै आएका छन् भने तुलसीपर १ पैयाँर्खोरेका स्थानियले भने केटाकेटी शौचालयमा नगई खुल्ला ठाउँमा शौच गर्न मनपराउने भएकाले वाटो फोहर भएको वताउछन् ।

स्थानिय नरिश्वर वुढाले शौचालय निर्माण नगर्नेहरुलाई जति कडाई गरेको थियो त्यतिकै कडाई निर्माण भएका सौचालय प्रयोगमा गर्नुपर्ने तर्क गरे । उनले यस बिषयमा नगरपालिकालाई हेल्चेक्रयाई नगर्न पनि आग्रह गरेका छन् । नगरपालिकाले शौचालय प्रयोग नगर्नेलाई नगरको सेवा सुबिधाबाट बञ्चित गर्ने खालका कार्यक्रम ल्याए सबैले अनिबार्य सौचालय प्रयोग हुने त्यहाँका बासिन्दाहरुको भनाई छ । खुल्ला दिशा गर्नले तुलसीपुर बजारमा आउने पानी समेत दुषित हुने गरेको स्थानियले बताएका छन् ।

त्यहाँ तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका धेरै मुहानहरु छन् । तुलसीपुर नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले खुल्ला दिशामुक्त क्षेत्र घोषणा पछि प्रभावकारी अनुगमन हुन नसक्दा शौचालय प्रयोग हुन नसकेको बताए । यस बिषयमा तुलसीपुर नगरपालिकाले छिटै अनुगमण गर्ने उनले जानकारी दिए । जिल्ला खानेपानी डिभिजन कार्यालय दाङले भने जिल्लालाई पुर्णसरसफाई युक्त घोषणा गर्न गत वर्ष देखि नै अभियान सुरुभएको वताउँ तर तुलसीपुरमा भएका शौचालय पनि प्रयोगमा नआए पुर्णसरसफाइ अभियान कसरी सफल होला भन्ने बिषयमा सरोकारवाालाहरुले प्रश्न तेर्सयााउन थालेका छन् । जिल्ला खानेपानी कार्यालय दाङका इञ्जिनियर तिलक न्यौपानेले दाङमा पुर्ण सरसफाई अभियान सञ्चालनका लागि नेपाल रेडक्रसलगायत विभिन्न गैरसरकारी संस्थाहरुले खानेपानी उपलब्धता र सुआहारा कार्यक्रम संचालन गर्ने बताए ।

ती संस्थाहरुले दाङका १५ गाबिसमा सरसफाईका क्षेत्रमा काम गर्र्ने सहमति भएको र वाँकी गाविस तथा नगरपालिकामा सम्बन्धीत गाविस नगरपालीका तथा खानेपानी संस्था र जिल्ला खानेपानीले अभियानको सूरुवात गर्ने उनले जानकारी दिए । खुल्ला दिशामुक्त क्षेत्र घोषणा भईसकेको दाङमा घोराहि नगरपालिका र तुलसीपुर नगरपालीकाका केहि क्षेत्रमा शौचालय प्रयोगको समस्या आएको वताउँदै ईन्जीनियर न्यौपानले पुर्ण सरसफाई अभियानमा समस्या समाधान गरेर जाने वताए ।

ईन्जीनियर न्यौपानेले जनचेतना मुलक कार्यक्रम देखि पानीको व्यवस्थापन गरेर समस्या समाधान गरिने वताए । पुर्ण सरसफाई अन्र्तगत शौचालयको उचित प्रयोग गुणस्तरिय सुरक्षित खानेपानी, वातावरणीय सरसफाई र घरयासी सरसफाईलगायतका कार्यक्रम सञ्चालन गरिने इञ्जिनियर न्यौपानेले वताए ।  भरतराज शर्मा  / राप्ती समाचार