काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज विहान चिनियाँ उद्योग वाणिज्य तथा सार्वजनिक प्रशासन मन्त्री चाङ माओले शिष्टाचार भेट गरेका छन् ।

dsc9831-848x478प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उहाँको नेपाल भ्रमणका अवसरमा दुई देशबीच बौद्धिक सम्पत्ति संरक्षण सम्वन्धी सहमतिमा हस्ताक्षर भएकोमा खुशी व्यक्त गरे। प्रधानमन्त्रीले नेपाल र चीनबीच सदियौंदेखि समस्यारहित सम्वन्ध रहँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि यो सम्वन्ध थप सुदृढ बनाउन यस्ता भ्रमणको ठूलो भुमिका रहने वताए।

उनले चीनले अघि बढाएको वान वेल्ट वान रोडको सर्हाना गर्दै त्यसमा नेपालले सहभागी भई लाभ लिने वताए। मन्त्री चाङमाओले नेपाल र चीन बीचका परियोजना राम्रोसँग अघि बढेको वताउँदै चिनीया कम्पनीहरुका लागि यहाँ काम गर्न राम्रो वातावरण भएकोमा खुशी व्यक्त गरेका थिए ।