सिरहा, ५ कार्तिक । विभिन्न पेशागत शिक्षक संगठनले आज सिरहाका सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गरेका छन् ।

अस्थायी शिक्षकहरुको राजधानीमा जारी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरी शिक्षकहरुलाई गिरफ्तार गरिएकाले रिहाईको माग राख्दै एक दिनका लागि सिरहाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेको सिरहाका अस्थायी शिक्षक आन्दोलन समितिका सचिव प्रमोद सिंहले बताए । पक्राउ परेका सबै शिक्षक बिहीवार रिहा भइसकेका छन् ।

बन्दका कारण सिरहाका चार सय २७ सामुदायिक विद्यालयका एक लाख २५ हजार विद्यार्थीको पढाई प्रभावित भएको छ ।