(from left) Subash Nirola, Senior Director, NTB, Bhawani Rana, Executive Member, FNCCI and Sangita Nirola, Chairperson, Swati during an Interaction on Forum for Social Change at NTBs office, Bhrikutimandap on Friday.
Post photo / kaushal adhikari / Kantipur
काठमाडौं, ५ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभाले महासंघको विधान छैठौं पटक संसोधन गरेको छ । संसोधित विद्यानअनुसार अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने छन् । जसअनुसार अब महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुने छिन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले महासंघको विधानलाई समयसापेक्ष बनाउन संशोधन गर्नुपरेको जानकारी दिए । मुलुक संघीय संरचनामा गएको अवस्थामा महासंघको विधानलाई पनि त्यसै अनरुप लैजान र महासंघका वरिष्ठ उपाध्यक्षको निर्वाचन गराइ उसैलाई स्वतः अध्यक्ष बनाउन विधान संशोधन गर्नुपरेको मुरारकाले बताए । उनले विधान संशोधनले अध्यक्षलाई वलियो र प्रभावकारी बनाउने बताए ।
महासंघको विधानमा भएको छैठौं संशोधनपश्चात आगामी चैतमा हुने महासंघको साधारणसभामा वरिष्ठ उपाध्यक्षको प्रत्यक्ष निर्वाचन हुने छ । महासंघकी अहिलेकी वरिष्ठ उपाध्यक्ष भवानी राणा आगामी कार्यकालका लागि स्वतः महासंघको अध्यक्ष बन्ने पक्का भएको छ । विद्यान हिजो राजधानीमा सम्पन्न महासंघको विशेष साधारण सभाले पारित गरेको हो ।