नवलपरासी, ५ कार्तिक । नवलपरासीको मध्यविन्दु–७ अम्रसाकी एक महिलाको बाघको आक्रमणमा परी ज्यान गएको छ ।

downloadप्रहरी चौकी चोरमाराका प्रहरी नायब निरीक्षक हरिद्वार धोवीका अनुसार हिजो बिहान ९ बजेतिर जङ्गलमा घाँसदाउरा गर्न गएकी ४५ वर्षीया आज्ञावती रानामगरको ज्यान गएको हो ।

जङ्गल गएको मान्छे साँझसम्म घर नर्फकेपछि गाउँले र सशस्त्र प्रहरीले खोज्ने क्रममा अम्रसाको जङ्गलमा मृत भेटिएको प्रहरीले जनाएको छ । उनको घाँटीमा बाघले आक्रमण गरेको र दाँहिने खुट्टासमेत खाएको फेला परेको थियो ।

मृतक रानाका १५ र ९ वर्षीय दुई छोरा छन् भने श्रीमान् रोजगारीका लागि विदेश गएका छन् ।