krishi-udhyemi

काठमाडौं, कात्तिक ४ – वाईपार्ड नेपालले कृषि उद्यमीको कथा सुन्ने र सुनाउने प्रतियोगिता आयोजना गरेको छ । कृषि उद्यमीको कथा सुन्ने र सुनाउने ुमेरो कृषि उद्यमशीलताको कथाु नामक राष्ट्रव्यापी प्रतिरस्पर्धात्मक कार्यक्रम आयोजना गरिएको हो । आयोजकले आवेदन दिनको लागि सम्पूर्ण नेपाली कृषि उद्यमी १८–३९ उमेर समूह लाई आह्वान गरेको छ। आबेदन कात्तिक ४ देखि मङ्सिर १५ सम्म दिन सकिन्छ ।

नेपालको कृषिमा देखिएका जटिल समस्याका बाबजुत केही प्रगतिशील युवाहरुले देशमै रही कृषि क्षेत्रमा सूचना र प्रविधिलाई अपनाउदै व्यवसाय गरिरहेका छन्। उनीहरुको अनुभव, सफलता, असफलता, समस्या र समाधानका कथाहरु कृषिमा आउन चाहने नयाँ युवा पुस्तालागि निकै महत्वपुर्ण हुनसक्छ ।यही विषय लाई मध्यनजर राख्दै वाईपार्ड नेपालले प्रतियोगिता आयोजना गरेको हो ।

संस्थाका अनुसार यस प्रतियोगीता आयोजना गर्नुको प्रमुख उद्देश्य युवाहरुमा कृषिप्रतिको सकारात्मक विचारको विकास गरी उनीहरुलाई कृषि क्षेत्रमा व्यवसायिक रुपले प्रस्तुत हुने हौसला प्रदान गर्नु हो। युवाहरुले कृषिलाई आकर्षक व्यवसायको रुपमा देख्न र यसलाई अवलम्बन गरी कृषि क्रान्तिको महाअभियानमा सरिक होउन भन्ने चाहना आयोजकले राखेको छ। कार्यक्रमले सफल कृषि व्यवसायी, नीति निर्माता, युवा व्यवसायी र कृषि प्राविधिकका बिचमा मध्यस्थताको भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।

यो कार्यक्रम युवा कृषि उद्यमीहरुको अनुभवको कथाहरु सुन्ने र सुनाउने प्रतिस्प्रधात्मक कार्यक्रम हो। यसको प्रमुख उद्देश्य युवाहरुमा कृषिप्रतिको सकारात्मक विचारको बिकास गरी उनीहरुलाई कृषि क्षेत्रमा व्यवसायिक रुपले प्रस्तुत हुने हौसला प्रदान गर्नु हो। साथै यस कार्यक्रमले सफल कृषि व्यवसायी, नीति निर्माता, युवा व्यवसायी र कृषि प्राविधिकका बिचमा मध्यस्थताको भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।

युवा कृषि उद्यमीहरुका आफ्नो व्यवसाय गर्दाको प्रेरणादायी अनुभव, सफलता, असफलता, नविन प्रयोग, व्यवसायले समाजमा परेका सकारात्मक प्रभाव, आधि कुराहरु समेटिएका कथाहरुलाई निम्न तिन वर्ग ९प्रेरणादायी, नविन प्रयोग, सामाजिक प्रभाव० मा वर्गीकृत गरि प्रत्येक वर्गबाट १९१ उत्कृष्ट कथा छनौट गरि पुरस्कृत गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुनको लागि कुनै पनि कृषि उद्यम सम्बन्धी उद्यमीको अनुभव, प्राविधिक प्रयोग, सामाजिक प्रभाव, सफलता र असफलताका कुराहरु समाबेश गरेर नेपाली वा अंग्रेजी भाषामा ५०० शब्द सम्ममा लेखिएको एउटा कथा संगसंगै उक्त व्यवसायको १ देखि ३ ओटासम्म फोटो समाबिष्ट गरि यस कार्यक्रमको अनलाइन आबेदन फारम भर्नु पर्ने छ अथवा storytelling@edumala.com मा पठाउन सकिनेछ्र इमेल मा पठाउँदा आफ्नो र आफुले कथा लेखेको व्यवसायको बारेमा सम्पूर्ण जानकारी लेखेर पठाउनु पर्नेछ।

यदी उद्यमी आफै कार्यक्रममा सहभागी हुन नसकेमा निजको स्वीकृति लिई प्रतिनिधिको रुपमा अर्को व्यक्तिले पनि कार्यक्रममा सहभागिता जनाउन सक्ने व्यवस्था पनि गरिएको आयोजकले बताएका छ्न्।यसरी पठाइएका सम्पूर्ण आबेदनलाई छनौट कमिटिद्वारा आवेदनको प्रक्रिया पुरा गरि पठाईएका जाच गरि आवेदन छनौट गरिनेछ । त्यसपछि वेबसाइटमा प्रकाशन गरि भोटिंगमा लगिनेछ।

यसरी ३ विधाबाट क्रमश ४९४ जना छनौट गरी कुल १२ जना प्रतिस्प्रधीलाई पुष १५ गते चितवनमा हुने अन्तिम प्रतिस्प्रधामा सहभागी गराइनेछ। अन्तिम प्रतिस्प्रधामा प्रतिस्प्रधीले आफ्नो कथा प्रस्तुत गर्नुपर्नेछ ्र यस प्रतियोगितामा हरेक विधाबाट १९१ जना बिजेताको घोषना गरिनेछ। प्रत्येक विजेताले पुरस्कार स्वरूप नगद २०,००० प्राप्त गर्ने छ्न् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा लागि छनौट भएका १२ जना प्रतियोगीहरुलाई कार्यक्रमस्थलसम्म आउने जाने र कार्यक्रम अवधिभर खाने र बस्ने खर्च आयोजकले गर्ने जनाइएको छ। कार्यक्रम सम्बन्धी थप सम्पूर्ण जानकारी storytelling.edumala.com मा पाइने छ।