काठमडौ ४ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीका लागि भारतीय कूटनीतिज्ञ तथा सुरक्षा अधिकारीको टोली आज नेपाल आउने भएको छ । आज काठमाण्डु आउने टोलीले नेपाल सरकारले गरिरहेको भ्रमण तयारी तथा स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गर्नेछ ।
भारतीय विदेश मन्त्रालयका शिष्टाचार महापालको नेतृत्वमा टोली नेपाल आउन लागेको हो । भारतीय विदेश मन्त्रालय प्रतिवेदन तयार गरेर पठाएपछि मात्र राष्ट्रपति मुखर्जीको भ्रमण कार्यक्रम सार्वजनिक हुनेछ । नेपाल आउने टोलीले सुरक्षा निकायदेखि उच्चतहसम्म भेटवार्ता गर्ने कार्यक्रम रहेको भारतीय दुतावासले जनाएको छ ।
मुखर्जी कात्तिक १७ मा तीनदिने राजकीय भ्रमणमा नेपाल आउने तय भए पनि औपचारिक घोषणा भएको छैन । मुखर्जी धुलीखेल, जनकपुर र लुम्बिनी जाने कार्यक्रम रहेको बताइएको छ ।