इन्द्रेणी संवाददाता
दाङ,३० बैशाख ।
ट्राफिक नियम उल्लघन गर्ने चालकहरुका लागि जेठ १ गते देखि नयाँ नियम लागु हुने भएको छ । ट्राफिक नियम लागु भएको झण्डै २३ बर्षपछि सरकारले टाफिक नियम उल्लघन गरेर सवारी साधन चलाउने चालकहरुलाई गर्ने जरिवानामा २० प्रतिशत बढाएको छ ।
विहिवार जिल्ला टाफिक प्रहरी कार्यालय दाङले नियमको बारेमा जानकारी दिएको हो ।
यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संशोधन गर्दै ट्राफिक प्रहरीले जेठको एक गतेदेखि लागु हुने गरी जरिवानामा २० प्रतिशतसम्म बढाएको जिल्ला टाफिक प्रहरी कार्यालयले बताएको छ ।
पुरानो जरिवाना सम्वधी नियममा परिवर्तन भएको ट्राफिक प्रहरी प्रमुख अरुणकुमार सिहले यातायात व्यवस्था नियम अनुसार यसभन्दा पहिले न्यूनतम २५ रुपैयादेखि एक हजारसम्म जरिवाना गर्ने गरेको थियो भने जेठ एक गतेदेखि न्यूनतम पाँच सयदेखि १५ सयसम्म जरिवाना गर्ने नियम बनाएको बताउनु भयो ।
ट्राफिक प्रहरीले अव तोकिएको भन्दा बढी मालसामान राखेमा, हेल्मेट नलगाएर स्कुटी वा मोटरसाइकल चलाएमा पाँच सय जरिवाना गर्ने भएको प्रमुख सिहले बताउनुभयो । त्यस्तै अन्य सवारी साधनलाई सवारीलाई खतरा हुने किसिमले सवारी राखेमा, छतमा यात्रु बोकेमा समेत टाफिक प्रहरीले पाँच सय जरिवाना गर्ने भएको छ ।
