काठमाडौं ४ कार्तिक। काठमाडौँ मा हुनलागेको  विराट हिन्दु सम्मेलनले पुर्व राजा ज्ञानेन्द्रलाई हिन्दु सम्राट घोषणा गर्ने तयारी गरेको छ  ।

gyanendra-shahaकाठमाडौँस्थित पशुपतिको वनकालीमा बिहीबारदेखि सुरु भएर कात्तिक ४, ५ र ६ गतेसम्म चल्ने सम्मेलनमा आयोजक हिन्दु अधिराज्य राजनीतिक समितिले ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राट घोषणा गर्ने तयारी गरेको खबर छ।

३५ दलीय मोर्चाको आयोजनामा सम्पन्न हुने उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ भने  कार्यक्रमको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्नेछन् ।