दाङ, ४ कार्तिक । घरमा श्रीमती र दुई छोरा हुदा हुदै कान्छी  श्रीमती  बिबहा गरेको भन्दै प्रहरीले कान्छी श्रीमती सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।

pakrauश्रीमती र दुई छोराहरु हुदा हुदै कान्छी  श्रीमती ल्याएको भन्दै दाङ काभ्रे ७ दाङबाङ  घर भई हाल घाराही ११ मा बस्दै आएका ३८ बर्षीय यमलाल जिसी र कान्छी  श्रीमती बनेर बिहे गरेकी त्रिपुर २ झारबैरा निबासी २५ बर्षीय अस्मिता ओलीलाई प्रहारीले पक्राउ गरेको हो ।

उनीहरुलाई जेठी  श्रीमती बालिका जिसीले बहुविवहा शिर्षकमा दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो । अहिले उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङमा राखिउको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।