काठमाडौं, ३ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएकोछ । संसदमा प्रतिनिधित्व गर्ने एमाले र नेकपा माओवादी केन्द्रका १५७ सांसदले महाअभियोग दर्ता गराएका हुन् ।

lokman-karkiसंसदबाट महाअभियोग सिफारिस समिति गठन भएको केहि घण्टापछि नै संसदहरुले व्यवस्थापिका संसदमा लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । दर्ता गराइएको महाअभियोग प्रस्तावमा एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताहरुको समेत हस्ताक्षर रहेको बताइएको छ । कांग्रेसका कतिपय सांसदले पनि प्रस्तावमा सहमती जनाउने बताइए पनि हस्ताक्षर भने गरेका छैनन् ।