कुशुम वि.क
बर्दिया , ३ कार्तिक । दशै विदा सकिएपनि बर्दियाका अधिकास सरकारी कार्यालयका कार्यालय प्रमख अझै पनि कार्यालयमा हाजीर भएका छैनन । त्यसको ज्वलन्त उदाहरण वनेको छ महिला तथा वालवालिका कार्यालय ।

karyalaya-pramukhदशै भन्दा पहिले नै विदामा जानु भएका महिला तथा वालबालिका कार्यालयका प्रमुख गिरा वस्नेत अझै पनि कार्यालयमा हाजीर नहुदा सेवा लिन जाने सेवा ग्राहिलाइ समस्या भएको छ ।

कार्यालय खुला रहेतापनि दैनिक काम कार्वाहि नुहदा औपचारीतकताका लागी मात्र कार्यालय खुल्ला रहेका बताइएको छ । कुनै पनि काम हुन नसकेको सेवा ग्राहीहरुले बताएका छन ।

कार्यालयमा सुचना अधिकारी शिला शाह भएपनि कार्यालयको काम कार्वाहिको प्रकृया अगाडि बढन नसकेको स्वीकार गर्नु भयो । यस्तै मालमोत कार्यालय ,भुमि सुधार कार्यालयका प्रमुख नहुदा सेवा ग्राहिले सास्ती भाग्नु परेको छ । यि कार्यलयमा निमित्त हुदा काम कार्वाहि अगाडि नबढेको बताइएको छ ।