इन्द्रेणी संवाददाता
रुकुम, ३ कार्तिक । कुनै वेला सुनसान हुँने रुकुमको झुल्नेटा बजार आजभोलि मान्छेको चहलपहल निकै देखिन्छ । एकातिर बजारमा त्यस क्षेत्रको व्यापारिक केन्द्र बन्दै गएको छ भने अर्काे तिर बजार व्यवस्थीत पनि बन्दै गएको छ ।

20161019082434_clipboard05२०५६ सालमा टहराबाट स्थापना भएको झुल्नेटापछिल्लो समयमा पक्की घरहरू निर्माण गर्ने क्रम बढ्नुका साथै झुल्नेटा बजारमा व्यापारमा लगानीसमेत बढेको झुल्नेटा बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष अमर खड्काले भनाइ छ । ‘झुल्नेटा बजारमा करीब सवा करोड लगानी गरिएको छ, त्यो सँगै व्यवस्थित पनि भएको छ’, उनले भने ।

सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षको आरोप खेपेका झुल्नेटा बजारवासी शान्ति स्थापनासँगै ढुक्कसँग व्यापार गर्न पाएको बताउछन् । अहिले बजारमा विशेषगरी यस बजारमा अदुवा, सुठो, टिम्मुर, घ्यूको कारोबारका साथै दैनिक उपभोग्य सामग्रीको समेत खरीद विक्री हुने गर्दछ ।

विशेषगरी रूकुमको प्रवेशद्वारको रूपमा रहेको झुल्नेटा बजार तीन जिल्लाको मुख्य व्यापारिक केन्द्र हो । रुकुम, रोल्पा र सल्यान जिल्लाका स्थानीयवासी यस क्षेत्रमा कारोबार गर्ने गर्दछन् । झुल्नेटा बजार व्यवस्थापनका लागि झुल्नेटा बजार व्यवस्थापन समिति क्रियाशील छ भने बजारलाई व्यवस्थित बनाउन सरोकारवाला निकायको पनि ध्यान जान थालेको छ । बजारलाई हरियाली तथा नमूना शहर निर्माणका लागि १ हजार बिरूवा रोपिएको छ ।