दाङ, ३० बैशाख
पश्चिम दाङको पुरन्धारामा व्यवसायिक रुपमा अदुवा र बेसार खेती गरिने भएको छ । परम्परागत खेतीलाई व्यवसायीकरण गर्नका लागि पुरन्धाराको दुई स्थानमा यस्तो काम गर्न लागिएको साना तथा मझौला कृषक आयस्तर बृद्धि कार्यक्रम (रीजम) ले जनाएको छ ।
नमुना कृषक समूह पुरन्धारा—७ रामपुर र नेपाल मगर महिला कृषक समूह पुरन्धारा—२ हापुरे दाङले १५÷१५ बिगाहा जग्गामा अदुवा र बेसार खेती गर्न लागेको हो ।
अदुवा खेतीका लागि रीजम संस्थाले नमुना कृषक समूहका लागि ११ लाख ७३ हजार रुपैयाँ र मगर महिला कृषक समूहले गर्ने बेसार खेतीका लागि ११ लाख ८१ हजार ७ सय रुपैया अनुदान गर्ने जनाएको छ ।
अदुवा खेतीका लागि नमुना कृषक समूहले १६ लाख ९३ हजार रुपैयाँ लगानी गर्ने अध्यक्ष तिर्था खाम्चाले जानकारी दिनुभएको छ । यस्तै बेसार खेतीका लागि नेपाल मगर महिला कृषक समूहले ९ लाख ७४ हजार ८ सय लगानी गर्ने अध्यक्ष सुमित्रा रानाले जानकारी दिनुभयो ।।
