काठमाडौं, ३ कार्तिक । भारतले नेपाल भारत सीमामा अतिक्रमण गर्दै आएको कुरा नौलो होइन । कालापानीदेखि सुस्तासम्मका विभिन्न सिमा क्षेत्रमा विभिन्न समयमा विभिन्न वहानामा नेपाली भूमि अतिक्रण गर्दै आएको छ । यसैक्रममा अब भारतले दबैदेशको साझा भूमिका रुपमा रहेको दसगजामा समेत विशाल र सुविधा सम्पन्न गुम्वा बनाउ थालेको छ ।
भारतले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रापञ्चायतको बीचमा पर्ने नेपाल भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण सुरु गरेको छ । काठले बनेको पुरानो टासीछलङ गुम्बा भत्काएर सामुदायिक हलसहितको भव्य पक्की गुम्बा बनाउने तयारी गरिएको जानकारी फटकका स्थानीय अगुवा बुद्ध तामाङले दिएको छ ।
गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा टोरिटोरियल एडमिन्सटिभ प्रमुख विमल गुरुङले रकम दिने आवश्वासन दिएपछि गुम्बा बनाउन थालेको जानकारी स्थानीयले दिए । त्यसका लागि भारत सरकारका तर्फबाट गुरुङले भारु ६० लाख निकास गराएको स्रोतको दाबी छ ।
