धादिङ, ३ कार्तिक । सामुदायिक रेडियो, रेडियो धादिङ १०६ मेगाहर्जको प्रशारणमा अवरोध नगर्न जिल्ला वन कार्यालय धादिङ र स्थानीय प्रशासनलाई सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

996b2e2718de4c390649098bac723a8cसर्वोच्च अदालतका न्यायाधीश डाक्टर आनन्द मोहन भट्टराईको एकल इजलासले सोमवार यस्तो आदेश जारी गरेको हो । आदेशमा यसै महिनाको १० गते दुवै पक्षलाई सर्वोच्चमा पनि उपस्थित हुन भनिएको छ ।

गत साउन ३० गते रेडियो धादिङ भत्काउने प्रयास असफल भएपछि रेडियो धादिङका संचालक सहकारीका उपाध्यक्ष सुवास खतिवडाले रेडियो नभत्काउन उत्प्रेषणको माग गर्दै सर्वोच्चमा भदौ ५ गते रीट निवेदन दिएपछि उक्त मुद्दा विचाराधीन थियो ।

सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि कातिक १० गते बोलाई त्यतिन्जेलसम्म रेडियो प्रसारण रोक्ने वा रोकिन जाने कुनै पनि कृयाकलाप नगर्न अन्तरिम आदेश जारी गरेको हो ।