एजेन्सी, ३ कार्तिक । साउदी अरेबियाका एक राजकुमारलाई हत्या आरोपमा दोषी ठहर गर्दै फाँसीको सजाय दिइएको छ । तीन वर्षअघि विवादको क्रममा एकजना नागरिकको गोली हानी हत्या गरेको आरोपमा दोषी पाइएका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई फाँसी दिइएको साउदी अरेबियाको गृह मन्त्रालयले जनाएको छ ।

f9be609fbe29746cac63bb88c949ebafराजकुमार अल–काबिरलाई कसरी फाँसी दिइयो भन्नेबारेमा केही खुलाइएको छैन । साउदी अरेबियामा विभिन्न अपराधमा संलग्नलाई मृत्युदण्ड दिने गरिएको छ ।

राजकुमार अल–काबिर यो वर्ष फाँसीको सजाय पाउने एक सय ३४ औं व्यक्ति रहेको समाचार संस्था एएफपीले जनाएको छ ।
सर्वसाधारण नागरिकलाई फाँसीको सजाय दिनु सामान्य रहेपनि साउदी राजपरिवारका सदस्यलाई फाँसीको सजाय निकै कम दिइन्छ ।