sadak-marmat

सल्यान २ कात्तिक ।  सल्यानको कोटमौलामा रहेको पातिहाल्न देखि पोखरी बजार सम्मको दुई किलोमिटर सडक स्थानियबासिले मर्मत गरेका छन । बागचौर नगरपालिका ९ मा रहेको उक्त सडक मर्मतका लागि स्थानियले जनश्रमदान गरेका हुन ।

जिल्लाका विभिन्न ठाँउको सडक बर्षाले भत्काएपछि अवरुद्ध बनेका बेला मर्मतको लागि जिविस, गाविस तथा सरकारी निकाय चहार्नेलाई चुनौति दिंदै स्थानियबासिले सडक मर्मत गरेका हुन ।

पोखरी बजार व्यवस्थापन समितिको समन्वय तथा स्थानियको सक्रियतामा खाल्डा पुर्ने र पहिरो हटाउने काम गरिएको हो । सडक मर्मत सँगै गत असार देखि बर्षाका कारण अवरुद्ध सडकमा यातायातका साधनहरु सञ्चालनमा आएका छन् ।