lamahi-tulsipurदिपक बोहरा, तुलसीपुर २ कात्तिक । राप्तीका दुई सडक खण्ड देशकै धेरै सवारी दुर्घटना हुने क्षेत्रका रुपमा घोषित गरिएका छन् । सडक बिभागले गरेको एक अध्ययनले देशकै धेरै सवारी दुर्घटना हुने सबैभन्दा जोखिम युक्त चार क्षेत्रहरु मध्यमा दाङको तुलसीपुर–लमही सडकलाई मानेको छ । यो सहित देशकै उच्च दुर्घटनाहुने क्षेत्र मध्ये दाङको भालुवाङ–भाडण्डा–रोल्पा सडकखण्डलाई पनि राखिएको छ ।

सडक बिभागले गरेको अध्ययनले राप्तीका तुलसीपुर–लमही सडक खण्डकोे २९.६२ किलोमिट र भालुवाङ–भाडण्डा–रोल्पा सडकखण्डको ९१ किलोमिटर क्षेत्रलाई बढि सवारी दुर्घटना हुने क्षेत्रका रुपमा चित्रण गरिएको छ । देशको अर्काे बढी दुर्घटना ग्रस्त क्षेत्र अन्तरगत सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ–राम्दी खण्डको १२ किलोमिट ,अरनीको राजमार्गको सूर्यविनायक–दोलालघाट खण्डको ४७.१७ किलोमिटर सडक खण्ड रहेको सडक विभागाको प्रतिवेदनमा उल्लेख छ ।

सडक डिभिजन कार्यालयहरुले दुर्घटना दोहोरिरहने सडक खण्डलाई छनोट गरी अध्ययन गरेपछि यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । जुन अध्ययनबाट सडक बिभागले यि सडकलाई ‘ब्ल्याक स्पट’ मानेको छ । सडक तथा ट्राफिक ईकाइका इञ्जिनियर विवेक पाण्डेले उल्लेखित सडक खण्ड अतेन्तै जोखिम युक्त रहेको बताए । उनका अनुसार ‘ब्ल्याक स्पट’को अर्थ सबैभन्दा जोखिम युक्त र धेरै दुर्घटना क्षेत्र भन्ने हुन्छ ।
बिभागले गरेको अध्ययनमा यि चार सडकखण्ड देशकै सबैभन्दा बढी दुर्घटना हुने सडक अन्तरगत परेको ईञ्जिनियर पाण्डेले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । उल्लेखित चार स्थानमा दुर्घटना हनुका कारण र न्यूनिकरणको उपाय खोजिगर्न गरिने अध्यननलाई ‘ब्ल्याक स्पट आइडेन्टिफिकेसन’ भन्ने गरिन्छ । अध्ययनको मुख्य उदेश्य दुर्घटना हुने सम्भावित कारण पत्ता लगाउनु र हुन सक्ने दुर्घटनालाई न्यूनिकरण गर्न अपनाउनुपर्ने मापनहरू सिफारिस गर्नु नै रहेको इञ्जिनियर पाण्डेले बताए । अध्ययनबाट आएका सुझाबलाई दुर्घटना न्यूनिकरणका लागि कार्यान्वयन गर्ने योजना रहेको सडक विभागका सहप्रवक्ता लक्ष्मीदत्त भट्टले बताए ।

घुम्तिका कारण धेरै दुर्घटना : सिंह
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक अरुण कुमार सिंहले भने तुलसीपुर–लमही सडक खण्डमा घुम्ति धेरै भएकाले सवारी दुर्घटना बढी हुने गरेको अर्थ लगाए । ‘यो सडक खण्डमा टर्निङ्कै कारण बढि सवारी दुर्घटना हुने गरेको हो ।’ प्रमुख सिंहले राप्ती समाचारलाई भने ‘त्यहाँ घुम्ति बढी छन् र कतिपय स्थानमा राम्रो संग कटिङ नै पुग्ने खालको छैन ।’ उनले यस्तो सडकमा ठूला सवारीलाई बढी टर्निडको समस्या उत्पन्न हुने बताए ।

प्रमुख सिंहका अनुसार सबै भन्दा दुर्घटना मसोटको उकालोमा हुने गरेको छ । जहाँ टर्निङ् निकै कम छ । अगाडिबाट आएका गाडिहरु नदेखिने भएकाले बढि दुर्घटना हुने गरेको उनको बुझाई छ । अर्काै बढी दुर्घटना हुने स्थान तुलसीपुर क्षेत्रको टरिगाँउ एयरपोर्ट नजिकको मोड हो । यसलाई हालै विस्तार गरिएको भएपनि अझै पोलहरु सडक मै हुनुले दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछ ।

जिल्लामा दोस्रो धेरै दुर्घटना हुने तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत कपासी बगिया, सौडिकुला , दुधरास , प्रसेनी लगायतका क्षेत्र नै रहेको ट्राफिकको तथ्याङले देखाउँछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक कुमार सिंहका अनुसार कपासी बगियामा सडकको बनावट ठीक नहुनु नै हो । र उक्त सडक खण्डमा तिर्व गतिमा चलाउनेहरु हल्का टर्निङ् भएकाले दुर्घटना बढी हुने गर्छन भन्ने उनको बुझाई छ ।

त्यस्त सौडिकुलामा सडक सिधा रहेकोले तिब्र गतिमा रहेको गाडि ड्राईभरले नियणत्रण गर्न नसक्दा बढि दुर्घटना हुने गरेको सिंहले बताए । त्यस्तै दुधरासमा पनि टर्निङ भएकोले तिब्र गतिमा आएको गाडि नियणत्रण गर्न नस्कदा बढि दुर्घटना हुने गरेको ट्राफिकको बुझाई छ । त्यस्तै प्रसेनी बजार देखि एक किलोमिटर पुर्बतिरको बाटो संघुरो हँदा ठुला चार पाङ्ग्रे गाडिहरु एक आपसमा क्रस गर्न समस्या हुने गरेको प्रहरी बताउँछ । जस्ले गर्दा उक्त स्थान दुर्घटनाको जोखिम युक्त स्थान भएको सिंहले बताए ।

उनले तुलसीपुर –लमही सडक खण्ड १० टनका सवारीका लागि मात्रै निर्माण गरिएको हो । तर यो सडक खण्डमा २१ टन सम्म भारबोकेका साधन सञ्चालन गर्दै आएकोले सडक अवस्थापनि विग्रएको छ । जसले गर्दा दुर्घटना बढेको उनले बताए । दुर्घटना ग्रस्त क्षेत्रमा सचेतनाका लागि थप बोर्डहरु राख्न जरुरी रहेको उनले बताए । राप्ती समाचारबाट