काठमाडौं, २ कार्तिक । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका लागि सरकारले थप ४ वटा जहाज खरिद गर्ने भएको छ ।
सरकारले ४ वटा चिनियाँ जहाज खरिदको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खरिदको प्रक्रियामा रहेका ४ वटा जहाज ल्याउने विषयमा छलफल गरी निर्णय गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयले यसअघि जहाज खरिद प्रक्रियाको निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । तर, मन्त्रिपरिषद्अन्तर्गतको समितिले मन्त्रिस्तरीय निर्णय गर्न लिखित पत्र पठाएको थियो । सोही पत्रका आधारमा मन्त्री शाहीले जहाज खरिदका लागि निर्देशन दिएका हुन् ।
नेपालले खरिद गर्ने चिनियाँ जहाज एभिक इन्टरनेसनल होल्डिङ कम्पनीले नेपाललाई जहाज दिन ४ वटै जहाज तयार गरिसकेको छ । सञ्चालनमा रहेका चिनियाँ जहाजका कारण करोडौं घाटा व्यहोरिरहेपनि फेरि चिनिया जाँहाज नै खरिद गर्ने भएको हो ।
