काठमाडौं, २ कार्तिक । भारत उडिशाको राजधानी भुवनेश्वरको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तिमा २३ जनाको मृत्यु भएकोे छ । धेरैजसो असपतालमा उपचार भइरहेका विारमीको मृत्यु भएको बताइएको छ । बिरामीको श्वास फेर्न नसकेका कारण ज्यान गएको हो ।
इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एण्ड एसयूएम अस्पतालको डायलिसिस वार्डबाट आगलागी सुरु भएको थियो ।
आगोले आइसीयू वार्डलाई प्रभावित पारेपछि विरामीहरलाई बाहिर निकालिएको थियो ।
क्यापिटल असपतालका अध्यक्षका अनुसार आगलागीपछि विरामीलाई अर्को अस्पताल लगिएको थियो । विरामीमध्ये १४ जनालाई सरकारी अस्पताल लगिदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ । घाइते ३२ विरामीलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ ।
