काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्के लगत्तै संविधान संसोधन गर्ने तयारी भएको छ । दाहाल फर्के लगतै ४ बुँदामा संविधान संशोधनको प्रस्ताव लैजाने तयारी गरिएको हो ।
नयाँ संविधानप्रति अन्तुष्टि जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मेधेसी मोर्चाको माग संवोधन गर्ने उदेश्यले संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।
मुख्यतः संविधान संसोधनका ४ वटा विषय सिमांकन , राष्ट्रिय सभाको बनोट , भाषा र स्थानिय तहको अधिकार सहित न्याय प्रणाली सम्बन्धि व्यावस्थामा उक्त संसोधन प्रस्ताव लैजाने तयारी गरिएको छ ।
त्यसका लागि प्रधानमन्त्री प्रचण्डले विमेस्टेक सम्मेलनमा सहभागि हुन भारतको गोवा जानु अघि नै प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस , नेकपा एमाले र मेधसी मोर्चासँग छलफल गरिसकेका छन् । प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिलाई संविधान संसोधनमा ‘बिचको वाटो खोज्न’का लागि निर्देशन दिएका छन । सोही निर्देशन अनुसार निधिले पहिलो चरणमा ४ वटा बुदाँमा संसोधन लगिएमा मोर्चारसंघीय गठबन्धनको माग सम्वोधन हुनेमा विश्वस्त हुने भन्दै उक्त प्रस्ताव दर्ता गराएका छन् ।
