शरद रेग्मी

दाङ, १ कात्तिक । बिद्यालय स्तरबाटै खेलकुदको बिकास गर्ने उदेश्यले आज बिभिन्न एक दर्जन वढि बिद्यालयहरुालाई खेलकुद सामाग्रि हस्तान्तरण गरिएको छ । जिल्ला ब्याडमिटीन संघ दाङ र अष्ट्रेलियन एक संरकारको सहयोगमा आज दाङ र सल्यानका गरि तेह्र बिद्यालयहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो ।

14695481_1771133099808692_7691863041709137210_nसंघले आज तुल्सीपुरमा एक कार्यक्रमको आयोजना गरी दाङका दश र सल्यानका ३ बिद्यालयका खेलकुद शिक्षकहरुलाई सामाग्री हस्तान्तरण गरेको हो । जिल्ला ब्याडमिन्टीन संघ दाङका अध्यक्ष भाष्कर मज्गैयाको अध्यक्षता एबं तुल्सीपुर उद्योग बाणीज्य संघका अध्यक्ष बिमल रीजालको प्रमुख आथीत्यतामा सम्पन्न कार्यक्रममा दाङका आइडीएल बोर्डीङ स्कुल,हिमाल एकाडेमी,अश्वारा सेकेन्डरी स्कुल,जनप्रीय इंलिस बोर्डीङ स्कुल,पब्लीक ज्ञानजोती स्कुल र सल्यानका एल्लोबिट इंलीस बोर्डीङ स्कुल,जनमुखी प्राइमरी स्कुल लगाएतका बिद्यालयका २६ जना खेलकुद शिक्षकलाई प्रती बिद्यालय ५ थान रकेट, एक थान नेट, र २ रोल कर्क हस्तान्तरण गरीएको हो ।

६ देखी १२ बर्ष उमेर समुहका बालबालीकाका लागी सामाग्री बितरण गरीएको अध्यक्ष मज्गैयाले बताउनुभयो । सो अबसरमा बोल्दै प्रमुख अतिथि रिजालले खेलकुद सामाग्रिले बिद्यालयमा अध्यण गर्ने बालबालिकाहरु लाभान्वित हुने बताउनु भयो । उहाँले अध्यणका साथ साथै बिद्यार्थिहरुलाई खेलकुदमा पनी ध्यान पु¥याउन आग्रह समेत गर्नु भयो ।

खेलकुदले शारिरिक स्वस्थताका साथै मानसिक रुपमा समेत स्वस्थ राख्न मद्धत पु¥याउने उहाँले बताउनु भयो । दीर्घायूपोली क्लीनीकका संचालक बिनोद कुमार शर्मा, जील्ला ब्याडमिन्टन संघका सचीव लाल बहादुर केसी,सदस्य बुद्धी बस्नेत लगाएतले बोल्नुभएको थीयो । संघका कोषाध्यक्ष मोहन पुरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन तुल्सीपुर उद्योग बाणीज्य संघका महासचीव नेत्रलाल वलीले गर्नुभएको थीयो ।