काठमाडौं, १ कार्तिक । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिव कट्टेल पार्टीबाट निश्कासित भएका छन् ।

shiva-kattelगुट परस्त गतिविधि गरेको भन्दै केन्द्रीय सदस्यबाट निलम्बन गरिएका कट्टेलले पार्टी विरोधी गतिविधिमा झनै सक्रिय भएको भन्दै वैद्य माओवादीले निश्कासन गरेको जनाएको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी प्रवक्ता हरिभक्त कण्डेलले आज सोमबार विज्ञप्ति जारी गरी पार्टीबाट निश्काशन गरिएको जनाएका हुन् । कट्टेलले गुट परस्त तथा फुट परस्त गतिविधि गरेकोले उनलाई केन्द्रीय समितिको सदस्यताबाट यसअिघ नै निलम्वित गरिएको थियो ।