दाङ, २९ बैशाख
दाङलाई औद्योगीक क्षेत्र बनाउन जग्गा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेको अध्यक्षतामा बसेको सर्वदलिय, सर्वपक्षीय बैठकले जिल्लाका दुई स्थानलाई औद्योगीक क्षेत्र बनाउन सिफारिस गरेको हो । धर्ना गाविसको १ नं वडा र लक्ष्मीपुर गाविसको वडानम्वर १ को बगर र वन क्षेत्रलाई औद्योगीक क्षेत्रको रुपमा विकास गर्न विषयगत मन्त्रालयमा सिफारिस गरिएको हो ।
पुर्वमा डाँगी टोल, पश्चिममा डोलगाँउ, उत्तरमा ववइ नदि र दक्षिणमा वन क्षेत्रभित्र पर्ने ऐलानी क्षेत्रलाइ औद्योगीक क्षेत्रको रुपमा विकास गर्न सिफारिस गरिएको हो । यसवारे मन्त्री परिषद वैठकले टुंगो लगाउनेछ । वन क्षेत्र, बगर तथा ऐलानी गरी ५ सय ४९.५५ विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय भएको छ ।
औ द्यो गिक क्षे त्रका लागि सर जु सामुदायिक वनको ६७.०३ हे क्टर, बगर र ऐ लानी पर्ती १८.०६ हे क्टर , पाण्डवे श्वर , खै र े नी सामुदायिक वन र त्यो सँग जो डिएको बगर क्षे त्र गर ी दुई सय ९३.९१ हे क्टर जमिन लिइनेछ । सर कारको दे शका विभिन्न भागमा औ द्यो गिक क्षे त्र विस् तार गनेर् कार्यक्रम अनुसार दाङमा पनि औ द्यो गिक क्षे त्रका लागि स् थान र क्षे त्रफल प्रस् ताव गरि एको हो ।।
