घोराही, २९ बैशाख
नेपाली भाषालाई सहज बनाउन पहल थालेको भाषाविद्हरुले बताएका छन । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौ र लेखक संघ दाङको संयुक्त आयोजनामा मंगलवार दाङको घोराहीमा भएको कार्यक्रममा बोल्दै भाषा विदहरुले नेपाली भाषालाई सहज बनाउन अझै केहि तोडमोडको आबस्यकता रहेको बताएका हुन।hhhhhhhhh

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका नेपाली भाषा बिभाग प्रमुख हेमाङ्राज अधिकारीले नया पिढिलाई नेपाली भाषा सहज बनाउन नेपाली ब्याकरणमा नयाँ आयाम थपिएको बताउनुभयो । अधिकारीले त्यसमा टिकाटिप्पणी भएपनि भाषालाई समय अनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता प्रतिष्ठानले महसुस गरेको बताउनुभयो ।

लेखक संघ दाङका सभापति खगराज न्यौपानेको अध्यक्षता र प्रतिष्ठानका नेपाली भाषा बिभाग प्रमुख हेमाङ्राज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नको जवाफ प्राध्यापक बन्द्री बिशाल भट्टराइले दिनुभएको थियो ।

सघंका उपाध्यक्ष गोबिन्द पौडेलको स्वगत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेपाली लेखक सघंका सचिब डा कृष्णराज डिसीले बिषय प्रबेश गराउनुभएको थियो भने कार्यक्रमको सञ्चालन सघंका सचिब पीताम्बर रिजालले गर्नु भएको थियो ।।