जुम्ला, ३० असोज । सुन्दा जोकसैलाई पत्यार नलाग्न सक्छ, तर यो सत्य कुरा हो, जुम्लाको पहिलो नगरपालिका चन्दननाथ भित्रका केही वडामा अहिले सम्म पनि टेलिफोन लाग्दैन ।

1467265924jumlaनगरपालिकाको विशेषगरी तत्कालिन गाविस तलिउम क्षेत्रमा जिएसएम नमस्तेको टावर नपिटेका कारण टेलिफोन लाग्दैन । नगरपालिका क्षेत्रको सदरमुकाममा रहेको टावरले वर्षौदेखि त्यो क्षेत्रमा काम नगरेपनि टेलिफोन नलाग्ने भएको हो ।

लामो समयदेखि टेलिफोन बिस्तार नभएपनि कसैले पनि अहिलेसम्म त्यस क्षेत्रमा बिस्तार गर्न सहयोग नगरेको स्थानीय बासिन्दाले बताएका छन् ।

चन्दननाथ नगरपालिका वडा नम्बर १०, ११ र १२ मा अहिलेसम्म जिएसएम टेलिफोन नलाग्ने भएकाले त्यहाँका बासिन्दाले सञ्चारमा समस्या भोग्दै आइरहेका हुन ।

पछिल्लो सयममा सरकारले नगरपालिकामा आवश्यक भौतिक पूर्वाधार अपुग हुँदा हुदैपनि हचुवाको भरमा नगरपालिका घोषणा गर्दै आएको छ । नगरपालिका वासी भएर पनि फोन जस्तो सञ्चारबाट वञ्चित भएकाले तत्काल फोनको सुविधा उपलव्ध गराउन त्यस क्षेत्रका स्थानीयको माग छ ।