वनारस , ३० असोज  वनारसको बाहिरी इलाकामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको भारतीय प्रहरीले जनाएको छ ।

240920150443062015-09-23t102936z_563095421_gf10000216826_rtrmadp_3_saudi-haj-600x0शनिबार भएको घटनामा घाइते भएका अन्य २० जना भक्तजनमध्ये अझै केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

उत्तर प्रदेश धार्मिक महत्व बोकेको प्रसिद्ध सहर वनारसमा गुरुदेवका समर्थकद्वारा आयोजना गरिएको धार्मिक कार्यक्रममा आयोजकको अपेक्षाभन्दा बिसौँ गुणा बढी मानिस जम्मा भएपछि स्थानीय एक पुलमा भीड बढेपछि प्रहरीले सहभागीलाई पुलबाट फिर्ता गर्ने क्रममा भागदौड मच्चिएपछि उक्त दुर्घटना भएको थियो ।