नवलपरासीको गुठी सुर्यपुरा मा खुल्ला पुरुष कपर्दी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता नवजीवन युवा क्लब गुठी सुर्यपुराको आयोजना गरेको छ । खुल्ला कपर्दी प्रतियोगितामा नेपाल भारत गरि २२ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
कपर्दी उद्घाटन कार्यक्रम नवजीवन युवा क्लब का संयोजक ब्यासमुनी कुशवाहा को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेस क्षेत्र न।६ का सांसद देवकरण कलवार सन्तु रहनु भएको थियो । प्रमुख अतिथिकलवार सन्तुले खेलकुद प्रतियोगिताले गाउँ ठाउँ जिल्ला र राष्ट्र लाई चिनाउने भएकोले खेलाडीहरूले अनुशासितभएर खेल्नु हुने बताउनु भएको थियो साथै सांसद विकास कोष बाट एक लाख २७ हजार रुपया गुठी सुर्यपुरा मा खेलकुदका लागि दिइने जानकारी दिनु भएको थियो ।
त्यसैगरी विशेष अतिथि जिल्ला खेलकुद विकास समिति का कुमार आले ले पश्चिमाञ्चल स्तरिय कपर्दी को खेलाडी छनौट खेल नवलपरासी कै क्षेत्र नम्बर ६ मा गरिने जानकारी दिदै उहाले आफ्नो डेढ सालको कार्यकालमा दुई करोड भन्दा बढि रकम खेल र खेलाडी को विकास लागि खर्च गरिसकेको बताउनु भयो ।
उद्घाटन कार्यक्रम मा नेपाली काङ्ग्रेस का क्षेत्रिय संयोजक मुकुल आचार्य, तमलोपा क्षेत्रिय संयोजक रामपृत यादव, उखु उत्यपादक समिति का संयोजक उमेशचन्द्र यादव, गण्डक नियन्त्रण संघर्ष समिति का सचिव दुधनाथ गुप्ता लगायतको सहभागिता रहेको थियो ।यो प्रतियोगिता तीन दिन संचालन रहने बताइएको छ । प्रथम हुने टिमलाई नगद आठ हजार सहित मेडलसिल्ड प्रमाणपत्र दोस्रो हुने टिमलाई पाच हजार नगद सहितमेडल सिल्ड प्रमाणपत्र तथा तेस्रो हुनेलाई तीन हजार नगद मेडल सिल्ड प्रमाणपत्र दिइने आयोजकले बताएको छ ।
