mirt-fella

रोल्पा २८ असोज ।  यही असोज १९ गते बाट हराएकी जौलिपोखरि रोल्पाका गौरी पुन मृत अवस्थामा फेला पर्नु भएको छ । घरदेखि ५०० मिटर पूर्वमा मृत अवस्थामा गौरी फेला परेको रोल्पा प्रहरीले जनाएको छ ।

जौलिपोखरी ९ उमा निबासि अन्दाजी ६६ बर्षका उहाँ असोज १९ गते दिउँसो १ बजे बाट घरमा जानकारी नदिई बेपत्ता हुनु भएको थियो । मानसिक सन्तुलन गुमाउनु भएका गौरी देवरकी छोरीको घरमा बस्दै आउनु भएको थियो ।

उहाँको शव पोष्टमार्टम गर्न नसक्ने अवस्थामा रहेकाले देवरकी छोरी मनमति पुनको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरि निरक्षक केशव बस्नेतले जानकारि दिनुभयो ।