chal-pahalदाङ २८ असोज । बडादसै मनाउन गाउ गएकाहरु फर्कन शुरु गरे संगै दाङका बजारहरुमा चहल पहल बढेको छ । आफु भन्दा ठुलाबाट दसैको टिका लगाएर आवात जावत गर्नेहरुको बजारमा घुईचो लाग्ने गरेको छ ।

टाढाबाट आउनेहरुले कोजाग्रत र पुर्णिमा ब्रत सम्म दसैको टिका लगाउन सकिने भएकाले कोही अझै मान्यजनको हातबाट टिका लगाउन जाने गरेका छन् , भने अधिकांस टिका लगाएर फर्किसकेको जनाएका छन् । दशैको टिकाको भोलिपल्ट सम्म बन्द रहेका दाङका पसलहरु पनि खुलेका छन् ।

कर्मथलो दाङ बनाएका तर रुकुम, सल्यान , रोल्पा , प्युठान लगायतका जिल्लामा जन्म घर भएकाहरु पनि जन्मथलोमा दशै मनाएर फर्कने गरेका छन् । जस्ले गर्दा दाङको तुलसीपुर , घोराही , लमहीलगायतका शहरमा घुईचो लाग्ने गरेको छ ।

दशैभन्दा पहिले ती जिल्लाहरुमा दशै मनाउन दाङबाट बाहिरिनेको घुईचो हुन्थ्यो भने अहिले फर्कने घुईचो रहेको बस ब्यबसायीले जनाएका छन् । यस्तै आज दशै अन्तरगत त्रियोदशी तिथी आज पनि टाढाबाट आएर मान्यजनको हातबाट टिका तथा आर्शिबाद ग्रहण गर्ने क्रम जारी छ । तर हिजो अस्तिका दिन भन्दा टिका लगाउनेको संख्या निकै थोरै मात्रामा रहेको पाईन्छ ।