काठमाडौं, असोज २४ – चाडपर्वका बेला पनि राष्ट्रिय मानवअधिकार आयोग आधा दिनका लागि खुल्ला रहेको छ । नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी आयोगका कार्यालय र उजुरी शाखा दसैँ, तिहार र छठको बिदामा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला राख्ने आयोगले जनाएको छ ।
आयोगका केन्द्रीय, क्षेत्रीय र उपक्षेत्रीय कार्यालयहरु खुल्ला हुनेछन् । यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादति तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन गरिने आयोगकी प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो ।
