दाङ २४ असोज । यो वर्षको विजयादशमीको टीकाको साइत भोली बिहान ८ बजेर ४५ मिनेट जाँदा उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार बिहान ८ बजेर २५ मिनेट जाँदा दुर्गा बिसर्जन गर्ने साइत रहेको छ ।

tika-jamaraतर दिनभरी नै टीका लगाउन सकिने पनि पंञ्चांग निर्णायक समितिले जनाएको छ । आमसर्वसाधारणले टीका लगाउन साइत हेर्नु नपर्ने भएपनि राष्ट्रप्रमुखले भने साइतमै टीका लगाउनुपर्ने निर्णयक समितिले जनाएको छ । टीका थाप्ने व्यक्ति पश्चिम दिशामा र टीका लगाइदिने व्यक्ति पूर्व दिशामा फर्केर टीका लगाइदिँदा उत्तम हुनेछ ।