पर्वत – ससुरासँग अवैध सम्बन्ध भएको शङ्कामा पर्वतको बर्राचौर गाविसकी एक महिलालाई श्रीमानले हत्या गरेको आरोप लगाइएको छ । बर्राचौर–८ पूर्णगाउँमा ४५ वर्षीया सेती नेपालीलाई उनका श्रीमान देवहादुरले शुक्रबार राति हत्या गरेको बताइएको छ ।

Hatyaघटनापछि देवहादुर र उनका बाबु जालेलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । शवपरीक्षणका लागि छिमेकी स्याङ्जा जिल्लाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शेखर खनालले जानकारी दिए । राससलाइ उद्दृत गर्दै रातो पाटीमा खबर छ